डोटीमा माओवादीबाट मुख्यमन्त्री त्रिलोचन भट्ट सिफारिस


डोटी – माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई डोटीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस गरेको छ ।
बिहीबार बसेको बैठकले माओवादी केन्द्रका केन्द्रीय सदस्य भट्टलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो ।

समानुपातिकतर्फ चार जनाको नाम सिफारिस गरिएको गरेको छ । सिफारिस हुनेमा डम्बर घर्तिमगर, जङ्ग विक र जगत सोव र अन्जिता श्रेष्ठ छन् । प्रदेशसभा ‘क’ का लागि प्रत्यक्षतर्फ भरत बोहरा योगेन्द्र, रमेश नागरी र बलबहादुर ओली सिफारिस भएका छन् ।

प्रदेशसभा’ ख’ का लागि शिव सिंह ओली, मीनबहादुर घर्ती विश्व र प्रेम कुँवर प्रख्यात सिफारिस भएका छन् । प्रदेशसभा समानुपातिकतर्फ गीता सोव नेपाली, पूर्णराज जोशी, कृष्ण विक, सिद्ध राज विक विश्वप्रकाश, प्रेमा ओली, नन्दलाल विक, दिलीप कठायत, लक्ष्मणलाल योगी, चन्द्रा भूल, कर्ण नेपाली, शान्ति चुनारा र शारदा बिक सिफारिस भएका छन् ।

प्रतिक्रिया