पूर्वराजा ज्ञानेन्द्रद्वारा महारानी एलिजाबेथको निधनमा दुःख व्यक्त


काठमाडौं – बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले एक सन्देशमार्फत् संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीयाको निधनको खबर सुनेर आफूलाई दुःख लागेको कुरा बताएका छन् ।

संवाद सचिव डा. फणीराज पाठकद्वारा हस्ताक्षरित शोक सन्देशमा अगाडि भनिएको छ, ‘स्वर्गीय महारानी राजगद्दीमा ७ दशक अवधि विराज भएर उहाँले शालीन र उच्च राजकीय मूल्य निर्वाह गरिबक्सेको कुरा सदा स्मरणीय छ, साथै नेपालप्रति उहाँको अगाध आत्मीयता पनि सदा उल्लेख्य छ ।’

पूर्वराजा ज्ञानेन्द्रले नेपाल र बेलायतबीचको दुई शताब्दीभन्दा बढीसमयदेखिको दौत्य सम्बन्धको स्मरण गर्दै आफू बेलायत जाँदा महारानीसँगको भेटवार्तालाई प्राथमिकता दिएको बताउँदै शोकसन्तप्त पविार, बेलायती सरकार एवं बेलायती जनताप्रति समवेदना समेत प्रकट गरेका छन् ।

प्रतिक्रिया