कांग्रेसको घोषणा पत्र तयारी समितिको संयोजकमा महामन्त्री शर्मा


काठमाडौं – नेपाली कांग्रेसले पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को ‘घोषणा पत्र तयारी समिति’ संयोजकमा चयन गरेको छ ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्री शर्मालाई संयोजक मनोनय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।

यसअघि गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको घोषणा पत्र तयारी समितिको संयोजक भने अर्का महामन्त्री गगनकुमार थापालाई तोकिएको थियो । महामन्त्री शर्मा झापा क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एकल सिफारिस भएका छन् ।

 

प्रतिक्रिया