
संसद्मा मिडिया काउन्सिल विधेयकमाथि छलफल हुँदै, यस्ता छन् अन्य सम्भावित कार्यसूची
काठमाडौँ- प्रतिनिधि सभाको बैठक आज (बुधवार) बस्दै छ। बुधवार दिउँसो १ बजे बस्ने बैठकमा चर्चामा रहेको मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।
जसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसपछि सो विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची छ ।




कागजपत्र |
