असोज १ देखि दसैँका लागि अग्रिम टिकट बुकिङ खोल्ने तयारी


काठमाडौं – यातायात व्यवसायीले दसैँका लागि असोज १ गतेबाट लामो दूरीमा बसको अग्रिम टिकट बुकिङ खोल्ने तयारी थालेका छन् ।

टिकट बुकिङ खोल्न छलफलका लागि यातायात व्यवस्था विभागले बुधबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्राफिक प्रहरी लगायत सरोकारवाला निकायलाई छलफलका लागि बोलाएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघकाले असोज १ गतेबाट लामो दूरीमा बस टिकट बुकिङ खोल्नेगरी आफूहरूको प्रस्ताव छलफलमा राखिने बताईएको छ ।

विभागका अनुसार यातायात व्यवसायीबीच छलफल गरेर मात्र टिकट बुकिङ खोलिने छ ।

प्रतिक्रिया