साफ महिला च्याम्पियनशिप : नेपालको सुखद सुरुवात, भुटानलाई ४-० ले हरायाे


काठमाडाैं – साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेकाे छ । आज मङ्गलवार दशरथ रङ्गशालामा भएकाे उद्घाटन खेलमा भुटानलाई चार-शून्यले हराउँदै नेपालले प्रतियाेगितामा विजयी सुरुवात गरेकाे हाे ।

नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले दुई-दुई गाेल गरे । सावित्राले खेलकाे १२ औँ र ६८ औँ मिनेटमा गाेल गरिन् भने अनिताले खेलकाे ५३ औँ र ८५ औँ मिनेटमा गाेल गरिन् । याे जितसँगै समूह ‘ए’ रहेकाे नेपालले तीन अङ्क जोडेको छ ।

नेपालले अब भदौ २७ गते साेमवार श्रीलङ्कासँग खेल्नेछ । प्रतियाेगितामा नेपाललसहित भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स र भुटान सहभागी छन् ।

समूहको बीमा रहेको नेपालले समूह चरणको अन्तिम खेल भदौ २८ गते श्रीलंकासँग खेल्नेछ। प्रतियाेगिताअन्तर्गत बुधबार भारत र पाकिस्तान तथा बंगलादेश र माल्दिभ्स भिड्ने छन्।

प्रतिक्रिया