कांग्रेस छोडेकालाई कांग्रेसकै मुलधारमा आउन दैलेख पार्टी सभापतिको आह्वान


काठमाडौँ- नेपाली कांग्रेस दैलेखका जिल्ला कार्यसमितिका सभापति मणिराम रेग्मीले विभिन्‍न कारणले पार्टी छोडेर गएकाहरूलाई पार्टीमै फर्किन आह्वान गरेका छन्। रेग्मीले एक विज्ञप्ती जारी गर्दै बाध्यताले नेपाली कांग्रेसभन्दा बाहिर र रहेकाहरूलाई कांग्रेसको मुलधारमा आउन आह्वान गरेका हुन्।

आगामी निर्वाचनमा कांग्रेस पार्टीको बहुमत ल्याउन र लोकतन्त्रलाई थप बलियो बनाउन सबै कार्यकर्ता एकजुट भएर मात्र सम्भव रहेकाले राष्ट्रिय मेलमिलाप नितिको प्रसंग जोड्दै सभापति रेग्मीले एक ठाउँमा हुनुपर्ने बताएका हुन्।

उनले लोकतन्त्रमा फरक मतको सम्मान पनि हुने बताउँदै बिना संकोच, बिना सर्त नेपाली कांग्रेसदेखि अलग भएकाहरू एक हुनुपर्ने बताए।

केही दिन अगाडि जिल्लाकार्य समिति बैठकमा अलग रहेकाहरूलाई मुलधारमा ल्याउने विषयमा छलफल भएको थियो।

प्रतिक्रिया