माधव नेपालको नाम रौतहटको दुई निर्वाचन क्षेत्रबाट सिफारिस


रौतहट- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नाम रौतहटका २ वटा निर्वाचन क्षेत्रबाट नाम सिफारिस भएको छ।उनको नाम क्षेत्र नम्बर १ र ४ बाट सिफारिस भएको हो।

एकीकृत समाजवादीको रौतहट क्षेत्र नम्बर १ को क्षेत्रीय समितिको बैठकबाट अध्यक्ष नेपाललाई प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरिएको छ।

यहाँ प्रदेश सभा सदस्यका लागि इन्दु झा, प्रेमनारायण साह तेली, डा. सोहैव तैयव, विक्रान्तविक्रम नेपाल, राजेन्द्र साह र शिवजीप्रसाद रायको नाम सिफारिस भएका हुन्। यस्तै जयमंगल प्रसाद यादव, बजरंगी यादव, हरेकृष्ण प्रसाद यादवको नाम पनि सिफारिस भएको छ।

त्यस्तै प्रदेश सभाको समानुपातिकतर्फ निलम पासवान, रामआधार सिंह, मो. मकसुद राँकी, जहामीर राँकी, मधु सिंह, दिनेश यादव, गिता देवी कुशवाहा, मनरवा देवी पासवान र वसकित राय यादवको नाम सिफारिस गरिएको छ। यस्तै हरिनारायण राय यादव, सिमा देवी, दिनेश राम, रामनरेश प्रसाद यादव, सीतादेवी साह, चन्द्रकला यादवको नाम पनि सिफारिस गरिएको छ ।

क्षेत्र नं. १ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक सहित ४९ जनाको नाम सिफारिस गरिएको हो।

क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि अध्यक्ष नेपालसहित र रामकुमार भट्टराई गरी दुई जनाको नाम सिफारिस भएको छ।

त्यसैगरी प्रदेश सभाका लागि क्षेत्र नम्बर ४ को (क) मा प्रत्यक्षतर्फ महेन्द्र चौलागाईं, बालकृष्ण श्रेष्ठ, बाबुराम दहाल, लक्ष्मण रेग्म, अमर आले, मदन सापकोटा,विनोद चौधरी,कृष्ण खडका, प्रभाष विक्रम खाण र कृष्ण चन्द्र पोखरेल गरी १० जनाको नाम सिफारिस भएको छ।

यस्तै ख मा शेख कलिमुलाह,रामजी साह,राजिन्द्र राम,मोहम्मद अजरुदिन,शेख सतार अहमद,पंकजकुमार जयसवाल,धर्मेन्द्र पटेल र लखिन्द्र प्रसाद साह गरि जम्मा ८ जनाको नाम सिफारिस छ। त्यस्तै प्रतिनिधिसभा समानुपातिक तर्फ नन्दलाल साह, हेबहादुर थापा, जतिलबहादुर परियार, विनिता खरेल, कल्याणी खड्का, विशेश्वर प्रसाद कुशहवा,इन्द्रमाला जयस्वाल,रामरती चौधरी,महम्म तैयब,खुस्तरा जहान र हरिनारायण पटेल गरि १२ जनाको नाम सिफारिस भएको छ।

खको समानुपातिकतर्फ सलामोदिन दर्जी,अरुण राम,प्रतीक्षा कार्की,श्यामनन्दन सहनी,हसिमा खातुन र अनिता जिम्बा लगायत गरी२१ जनाको नाम सिफारिस भएको एकीकृत समाजवादी रौतहटले जनाएको छ।

 

प्रतिक्रिया