‘चुनावमा धाधली गरी जनताको सार्वभौम अधिकारमाथि हस्तक्षेप गर्ने कार्यमा प्रहरी प्रशासन सरिक नहुने विश्वास लिएको छु’


काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शनिवार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो निर्देशन दिएका हुन् । गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै अध्यक्ष ओलीले नेता तथा कार्यकर्तालाई सचेत गराए ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बुथ क्याप्चर गर्ने, अनियमितता गर्ने, जनताको सार्वभौसत्ता सम्पन्न अधिकारमाथि हस्तक्षेप गर्नेको साथ नदिन आग्रह गरेका छन् । उनले प्रहरी प्रशासनका कर्मचारी कुनै एक पार्टीको नहुने र उनीहरूले खाने तलब भत्ता पनि कुनै राजनीतिक दलले नदिने हुँदा जनताको अधिकारको पक्षमा लाग्न आग्रह गरे ।

उनले निर्वाचनमा बाकस साट्ने, बुथ कब्जा गर्ने, अशान्ति मच्याउने, धाधँली गर्ने खालका क्रियाकलापमा प्रहरी प्रशासन, राज्य संयन्त्रका अंग र ती अंगका व्यक्तिहरु निकायका व्यक्ति सरिक नहुने बताए । अध्यक्ष ओलीले यस्ता गतिविधिमा प्रहरी प्रशासन र राष्ट्रसेवकहरू सारिक नहुने विश्वास व्यक्त पनि गरे ।

प्रतिक्रिया