डिजेल र मट्टीतेलको मूल्य ६ रुपैयाँले बढ्यो


काठमाडौँ- नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागु हुनेगरी निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाएको हो।

नयाँ मूल्य अनुसार अब आज राति १२ बजेदेखि डिजेल र मट्टीलाई प्रतिलिटर समान १७८ रुपैयाँ पर्नेछ। पेट्रोल, हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ।

301846136_1675695022802820_1974779217851420251_n1662051369.jpg

प्रतिक्रिया