फनपार्कले बुझायो १७ लाख ३६ हजार कर


काठमाडौं  – भृकुटीमण्डपस्थिति काठमाडौं फनपार्कले काठमाडौं महानगरलाई १७ लाख ३६ हजार कर तिरेको छ ।

महागरपालिकाको २४ घण्टे अल्टिमेटमपछि फनपार्कले करबापत उक्त रकम तिरेको हो । हानगरपालिकाका राजस्व विभाग प्रमुख शिव अधिकारीका अनुसार फनपार्कले महानगरपालिकालाई मनोरन्जन करवापतको १७ लाख ३६ हजार रुपैयाँ कर तिरेको छ ।

फनपार्कले साउनसम्मको बक्यौता तिरेको उनले जानकारी दिए । उनका अनुसार बहाल कर भने फनपार्कले समाज कल्याण परिषद्लाई तिर्ने गरी सम्झौता गरेको छ ।

 

प्रतिक्रिया