

सिन्धुपाल्चोकमा खोला तर्ने क्रममा एकको मृत्यु

काठमाडौँ- सत्ता गठबन्धनमा आबद्ध दलद्वारा गठित सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक आज बस्दै छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेछ। आउँदो निर्वाचनका लागि सिट बाँडफाँट गर्न बनेको सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दैछ। बैठक सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरि बोलाइएको छ।
यसअघि कार्यदलको बैठक गएको बिहीबार बसेको थियो। बैठकमा २०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, २०७९ को स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरूको राजनीतिक संवेदनशीलताका आधारमा सिट बाँडफाँटको सैद्धान्तिक समझदारी बनेको थियो। यद्यपि, कार्यदलले अझै पनि ठोस सहमति भने जुटाउन सकेको छैन।
कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला संयोजकसहित महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन्। माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन्।
सरकारले आउँदो मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेको छ।

