

आर्मीलाई जितका लागि १ सय ३२ रनको लक्ष्य

काठमाण्डौ – प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश १ ले त्रिभुवन आर्मी क्लबलाई जितका लागि १ सय ३२ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ४० ओभर १ बलमा अलआउट हुँदै १ सय ३१ रन बनायो । प्रदेश १ का विवेक मेहेताले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै फिर्दोस अन्सारीले ३२ रन जोड्दा दिपक पासवानले १९ रन जोडे । दिपेश कँडेलले ११ रनमा आउट भए । आर्मीका शाहब आलमले ४ विकेट लिए । आकाश चन्दको नाममा ३ विकेट रह्यो ।
आज आर्मी लगातार तेस्रो जितको खोजीमा रहेको छ । यस अघि आर्मीले गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई हराइसकेको छ ।

