प्रतिनिधिसभा विघटनः वकिललाई आधाघन्टा मात्रै समय


काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनका मुद्दामा बहस गर्नका लागि समय तोकेको छ ।

सर्वोच्च अदालतमा प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराले बुधबारको इजलासका लागि आधा घन्टाको समय निर्धारण गरिएको जानकारी दिएका हुन् ।

बुधबारको इजलासमा बहस सुरुका लागि बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीलाई बहसको समय दिँदै प्रधानन्यायाधीश जबराले आजदेखि समय निर्धारण गरेको बताएका थिए । त्यसपछि बहस सुरु गरेका ज्ञवालीले प्रधानन्यायाधीश जबरासँग १ घन्टाको समय माग गर्दै बहस सुरु गरेका थिए ।

इजलासमा बहस बहस सुरु भएको र सकिने समयबारे जानकारी दिनका लागि टाइमर राखिएको छ ।

प्रतिक्रिया