


नेकपा एसद्वारा काभ्रे-२ बाट उम्मेदवारमा सापकोटा, लम्साल र हुमागाईं सिफरिस

काभ्रे – नेकपा एकीकृत समाजवादीले काभ्रे(२ बाट प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।
प्रतिनिधिसभातर्फ बिदुर सापकोटा सिफारिस भएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा लक्ष्मण लम्साल र ‘ख’ मा बसुन्धरा हुमागाईंको नाम सिफारिस गरिएको छ ।
सापकोटा समाजवादी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य हुन् । उनी विद्यार्थी राजनीति देखि नै वामपन्थी विचार राख्ने सच्चा कम्युनिष्ट नेता हुन् । काभ्रेमा कम्युनिष्ट लालकिल्ला बनाउन सापकोटाको महत्वपूर्ण भूमिका छ ।
उनले आफ्नो जीवनको अमुल्य समय समाजसेवा र राजनीतिमा बिताए । उनी काभ्रेमा स्वच्छ छवि भएका, इमान्दार, विकासप्रेमी र सुशासनमा ध्यान दिने नेता हुन् । काभ्रे(२ बाट संघीय उम्मेदवरमा उनको नाम सिफारिस भएको छ ।
वरिष्ठ नेता तथा संविधानसभा सदस्य कृष्णप्रसाद सापकोटा उमेरका कारण सक्रिय राजनीतिबाट अलग्गिने भएपछि सापकोटा अघि सेका हुन् । एकीकृत समाजवादीमा योग्य अरु नेता नभएका चाहीँ होइनन् । तर अनुभवी र विकासप्रेमी नेता सापकोटा नै अब्बल भएकाले अन्य नेता कार्यकर्ताले सापकोटालाई समर्थन गरेका हुन् ।
नेता सापकोटाको उम्मेदवारीले विपक्षीलाई राम्रै धक्का दिने आँकलन गरिएको छ । यो क्षेत्रबाट एमाले नेता गोकुल बाँस्कोटाले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
नेता लम्साल हाल बागमती प्रदेश सांसद तथा नेकपा एकीकृत समाजवादीका प्रदेश सचिव हुन् । उनी ७४ को निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए ।
उनी विद्यार्थी राजनीतिबाट आएका युवा नेता हुन् । पार्टी नेतृत्व र जनताको माझमा लोकप्रिय र विकासप्रेमी नेता हुन् । उनले जनाताको विश्वास जित्न सक्ने सकेका छन् । यसलाई उनले गरेका विकास निर्माणलगायत सामाजिक लोकप्रियताले प्रष्ट देखाउँछ । गठबन्धन वा एक्लै चुनाव लड्दा पनि लम्सालले जित्ने सम्भावना प्रबल देखिन्छ ।

