
एमाले केन्द्रीय कमिटीले प्रचण्ड र माधवसँग मिलेर जाने सम्भावना खारेज गर्यो : सूर्य थापा
काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले एमाले केन्द्रीय कमिटीको बैठकले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग मिलेर जाने संम्भावना खारेज गरेको जनाएका छन्।
उनले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै केन्द्रीय कमिटी बैठकले प्रचण्ड र माधव नेपालसँग चुनावी तालमेलबारे सम्भावना खारेज गरेको दाबी गरेका हुन्। उनले प्रचण्ड र माधव नेपालले एमालेसँग मिल्ने धक्की दिँदै कांग्रेससँग सिटको बार्गेनिङ गरिरहेको जनाएका छन्।
थापाले लेखेका छन्, ‘नेकपा एमाले केन्द्रीय कमिटीले प्रचण्ड र माधव नेपालका समुहसँग आम निर्वाचनमा मिलेर जाने संभावनालाई खारेज गरेको छ। यी दुई गुटले काङ्ग्रेससँग सिटको बार्गेनिङ गर्न एमालेसँग मिल्ने धम्की दिइरहेको कर्कश स्वर सुनिन्छ, जो सर्वथा मिथ्या र जालझेल मात्रै हो। तरबार लिएर काट्न हिंडेकाहरूसँग एमालेजनहरूद्वारा मित लगाउन सकिँदैन।’



कागजपत्र |
