नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार पुग्यो


काठमाडौं – नेपालमा गत २४ घन्टामा १ जना संक्रमितको मृत्यु भएसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार पुगेको छ ।

त्यस्तै नेपालमा गत २४ घन्टामा थप २०२ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभरका ३८३३ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पोजेटिभ भएको छ ।

गत २४ घन्टामा ४६२ जना कोरोनामुक्त भएका छन् । अहिलेको अवस्थामा नेपालमा ३३१३ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ५१ हजार २३४ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।

प्रतिक्रिया