लेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा,चेल्सी स्तब्ध


काठमाडौं – लेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ । मंगलबार राति भएको खेलमा लेस्टरले चेल्सीलाई २–० ले पराजित गर्‍यो ।

घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन विल्फेड डिडी र जोन्स मेडिन्सनले एकरएक गोल गरे ।

खेलको छैटौं मिनेटमा विल्फेडले गोल गर्दै टिमलाई अग्रता दिलाए । ४१औं मिनेटमा मेडिन्सनले गोल गर्दै टिमलाई जित दिलाए ।

जितसँगै लेस्टरले १९ खेलबाट ३८ अंक जोडेको छ । पराजित चेल्सी २९ अंकसहित तालिकाको आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया