

‘नेविसंघका विद्यार्थीले महत्वपूर्ण कागजात लुटे, लाखौँ जरिवाना बुझाउनुपर्ने भयो’

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना महत्त्वपूर्ण कागजात लुटिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पदाधिकारी तथा कर्मचारीहरूलाई हातपात गर्न खोज्नेजस्ता अभद्र व्यवहार गरी कागजात लुटिएको त्रिविको भनाइ छ ।
त्रिविले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ, ‘विश्वविद्यालय परिसरमा बसी छलफल गर्न सुरक्षाको दृष्टिले असहज परिस्थिति सिर्जना भई सो बारेमा छलफल तथा विश्वविद्यालयसँग सम्बन्धित विषयमा निर्णय गर्न त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठक कान्तिपथ, जमलस्थित होटेल एल्लो प्यागोडामा मिति २०७९/५/१० को दिन बेलुकी ४ः३० बजे बस्ने क्रममा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्ययनरत नेपाल विद्यार्थी संघसँग आबद्ध विद्यार्थी हौँ भन्दै १०/१५ जनाको समूह जबर्जस्ती बैठक कक्षमा प्रवेश गरी उपस्थित पदाधिकारी, कार्यकारी परिषद्का सदस्यहरू एवं कर्मचारीबाट कार्यकारी परिषद्का विगतका निर्णयसहितको पुस्तिका एवं अन्य महत्त्वपूर्ण कागजपत्र र फाइलहरू खोस्ने/कब्जा गर्ने, पदाधिकारी तथा कर्मचारीहरूलाई हातपात गर्न खोज्ने आदिजस्ता अभद्र व्यवहार गरी महत्त्वपूर्ण कागजात लुटी लिने कार्य गरेकोप्रति त्रिभुवन विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

