

राष्ट्रपति र लोसपा नेताबीच नागरिकता विधेयक सम्बन्धमा छलफल

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुबीच नागरिकता विधेयकका सम्बन्धमा छलफल भएकाे छ। छलफलका लागि अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायत नेताहरुले शनिबार शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।
भेटमा कोही पनि नेपालीलाई नागरिकता विहीनताको अवस्था हुन नदिनका लागि आग्रह गरेको लोसपका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले जानकारी दिए । ‘कोही पनि नागरिक राज्यविहीनताको अवस्थामा हुनुहुँदैन । लोसपाले यो वषय विगतदेखि उठाउँदै आएको हो । हामीले राष्ट्रपतिजीसँग पनि यही कुरा आग्रह गरेका छौं । उहाँले सकारात्मक प्रतिक्रिया दिनुभएको छ,’ उनले भने ।

