एमालेबाट ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय


काठमाडौं – मंसिरमा हुने प्रतिनिधिसभा चुनावमा नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको छ ।

अध्यक्ष ओलीको नेतृत्वमा एकल बहुमतको सरकार निर्माण गर्ने गरी चुनावी अभियान सञ्चालन गर्ने प्रस्ताव केन्द्रीय कमिटीको बैठकले पारित गरेको हो ।

केन्द्रीय सदस्य नीरज आचार्यले भने, ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बहुमतको सरकार निर्माण गर्ने प्रस्ताव पारित गरेको छ ।’

शुक्रबारदेखि चलेको एमाले केन्द्रीय कमिटीको बैठक शनिबार सम्पन्न भएको छ ।  बैठकले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनलाई पारित गरिसकेको छ ।

प्रतिक्रिया