


‘जनताको साथमा कांग्रेस’ अभियान आजदेखि सुरु हुँदै

काठमाडौं – आगामी मंसिर ४ को निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले घोषणा गरेको ‘जनताको साथमा कांग्रेस’ अभियान आजदेखि सुरु गर्दैछ ।
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आगामी २४ गतेसम्म कांग्रेसले ७७ वटै जिल्लामा अभियान चलाउन लागेको हो । अभियानका लागि कांग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ ।
यो अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधिलगायतको बैठक बोलाउने छन् ।
अभियानमा प्रदेश समिति र जिल्ला समितिले समेत मातहतमा प्रतिनिधि खटाउनेछन् । अभियानमा जनताका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गरिने कांग्रेसले जनाएको छ ।

