मोरङमा आफ्नै कार्यकर्ताबाट कुटिए कांग्रेस क्षेत्रीय सभापति


विराटनगर – उम्मेदवार सिफारिसका विषयमा विवाद हुँदा नेपाली कांग्रेस मोरङ क्षेत्र -४ का सभापति विनोद बस्नेतमाथि कार्यकर्ताले हातपात गरेका छन् । विराटनगर महानगरपालिका-३ मा रहेको वन कार्यालय अगाडिको चिया पसलमा बिहीबार बिहान कार्यकर्ताले बस्नेतमाथि हातपात गरेका हुन् ।

मंसीर ४ गतेका लागि तोकिएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रदेशको सामानुपातिक सूचीमा आफ्नो नाम सिफारिस गर्न आग्रह गर्दै पुगेका राजु थापाले हातपात गरेका हुन् ।

स्थानीय तहको चुनावमा आफूलाई टिकट नदिएको भन्दै असन्तुष्ट बनेका उनले समानुपातिक सूचीमा आफ्नो नाम राख्न भनेपछि बस्नेतले प्रदेश निर्वाचन क्षेत्रबाट प्रक्रिया पुर्‍याएर सिफारिस आउनुपर्ने बताए । सोही विषयमा विवाद बढ्दै जादा थापा र बस्नेतबीच हात-हालाहालको अवस्था सृजना भएको घटनास्थलमा एक कार्यकर्ताले बताए ।

 

प्रतिक्रिया