


काठमाडौं ५ बाट एकीकृत समाजवादीका पराजुली र पोखरेल सिफारिस

काठमाडौं – एकीकृत समाजवादीले प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट सुदेश पराजुली र रामप्रसाद पोखरेलको नाम सिफारिस गरेको छ ।
एकीकृत समाजवादीको काठमाडौं क्षेत्रनम्बर ५ कमिटीको बुधबार बसेको बैठकले पराजुली र पोखरेलको नाम सिफारिस गरेको अध्यक्ष रामकृष्ण सेढाईंले जानकारी दिए ।
पराजुली एकीकृत समाजवादीको जनवर्गीय संगठन अनेरास्ववियूको अध्यक्ष हुन् । पोखरेल कानुन व्यवसायी हुन् ।
अब यो सिफारिस जिल्ला, प्रदेश हुँदै केन्द्रमा पुगेपछि अन्तिम निर्णय हुने छ । यदि सत्ता गठबन्धनको भागबण्डामा काठमाडौं क्षेत्र नम्बर ५ एकीकृत समाजवादीले पाएमा पराजुली र पोखरेलमध्ये एकजना उम्मेदवार बन्ने छन् ।

