


देउवालाई ओलीको प्रस्ताव ‘माओवादीसँग दुबैले गठबन्धन नगरौं’
सिटौला अस्पताल जाँदा बालुवाटारमा ओलीको इन्ट्री

काठमाडौं –सत्तारुढ गठबन्धनमा रहेका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रबीच सिट बाँडफाँटमा सहमति जुट्न नसकेपछि प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुवै दलका नेतासँगको सम्पर्कलाई अघि बढाएका छन् ।
सत्ताघटक दलहरुबीच कति सिट कुन दललाई सुरक्षीत गरिदिने भन्ने विषयमा मोडालिटीमै सहमति जुट्न नसकेपछि पाँच दलिय गठबन्धनले निर्माण गरेको कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले पार्टीका शीर्ष नेताहरुलाई सहमतिको खाका वितरण गरेका छन् ।
पार्टीले गठन गरेको कार्यदलमा सहमति जुट्न नसकेको र शीर्ष नेताहरु पनि निष्कर्षमा पुग्न नसकिरहेको अवस्थामा बुधबार प्रधानमन्त्री देउवालाई भेट्न पूर्वप्रधानमन्त्री ओली सुभाषचन्द्र नेम्वाङ र विष्णु पौडेललाई लिएर बालुवाटार गएका थिए ।
बालुवाटारमा ओलीको ईन्ट्रीलाई धेरैले महत्वका साथ हेरिएको छ । कार्यदलको संयोजक बनईका कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कार्यदलका सदस्यहरुसँगको छलफलबाट सहमतिमा पुग्न निकै कठिन भएको भन्दै शीर्ष नेताबाटै सहमतिमा पुग्नको लागि खाका दिएका थिए ।
कार्यदलका सदस्य समेत रहेका नेकपा माआबादी केन्द्रका महासचिव देव गुरुङले आफ्नो भागमा ४० प्रतिशत अर्थात ६६ सिट पर्नु पर्ने भन्दै अडान लिएपछि कार्यदलका सदस्यहरुबीचको छलफल झन सहमतिको बाटो तर्फ गएको थियो ।
तथापी कार्यदलका संयोजक सिटौलाले भने आफूले दिएकै प्रस्तावमा एक वा दुई सिट तलमाथि गरेर भए पनि सहमति खोज्न शीर्ष नेतालाई सिट बाँडफाँटको खाका बुझाइ सकेका छन् ।
ओलीले किन राखे यस्तो प्रस्ताव ?
देउवा भेट्न बालुवाटार गएका एमाले अध्यक्ष ओलीले राजनीतिमा सँधै च्याँखे दाउ थापेर अवसर लिन पल्किएकाहरुलाई ठेगान लगाउनु पर्ने भन्दै त्यसको लागि नेकपा माओबादी र नेकपा एस लगायतका दलहरुसँग दुवै दलले गठबन्धन नगर्ने सहमति कायम गर्नु पर्यो भन्दै प्रस्ताव गरेका थिए ।
ओलीले प्रचण्डका कारण मुलुकमा सँधै राजनीतिक स्थिरता आएको भन्दै आगामी संसदीय निर्वाचनमा एक्ला एक्लै लड्ने हो भने पनि कांग्रेस र एमाले नै ठूलो शक्ति हु्ने दाबी गर्दै माओबादीलाई साझेदार बनाएर अपजसको भारी नबोक्न र विगतमा उसका व्यवहारबाट पाठ सिक्न आग्रह गरेका थिए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई साथमा लिएर वार्ता गरेका देउवाले कुनै प्रतिक्रिया नदिएर मौन बसेका थिए । तर, कार्कीले भने अझै पनि पार्टी सत्तारुढ गठबन्धनको पक्षमा रहेको भन्दै ओलीको प्रस्तावलाई गम्भीरतापूर्वक लिएर पार्टी भित्रका शीर्ष र पदाधिकारीसँग सल्लह गरिने बताएका थिए ।
साना दललाई नचेपी एक्ला एक्लै चुनाव लड्दा कांग्रेसले नै फेरि सरकार बनाउन सक्ने भन्दै ओलीले जनाधार र जनमत नभएका दलहरुसँग गठबन्धन गरेर कांग्रेसले आफ्नो मौलिक पहिचान नगुमाउन सुझाव दिएका थिए ।
कार्यदलका संयोजक सिटौलालाई आजै कोराना संक्रमण भएको पुष्टी भएपछि अस्पतालमा भर्ना भएका छन् । उता सत्ता गठबन्धनको मुख्य घटक माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने आफ्नो गृह जिल्ला चितवनमा छन् ।
ओलीको भेटबारेमा बालुवाटारले अस्पतालमा भएका नेता सिटौलासँग सम्पर्क गराएको स्रोतले बतायो । सो अवसरमा सिटौलाले पहिलो प्राथमिकता आफूले गठबन्धनका शीर्ष नेतालाई दिएको खाकामा सहमति जुटाउन आग्रह गर्दै त्यो अवम्भव नभए मात्र विकल्पका विषयमा शीर्ष र पदाधिकारीसँग सुझाव लिएर निर्णयमा पुग्न अनुरोध गरेका थिए ।
यसअघि, एमालेका नेता नेम्वाङ र विष्णु पौडेलले माओबादीका नेताहरुसँग भेटेर कांग्रेससँगको सहकार्य तोडेर आएमा ५० प्रतिशत सिट माओबादीलाई दिन पार्टी नेतृत्व सहमत रहेको भन्दै आकर्षक प्रस्ताव लगेका थिए । एमालेको यस्तो प्रस्तावबाट हौसिएको माआबादीले कांग्रेसलाई पनि ५० प्रतिशत बढी दाबी त्याग्न आग्रह गर्दै आएका थिए ।
यस्तो छ सिटौलाले प्रस्तुत गरेको खाका
नेपाली कांग्रेस ८७,
माआबोदी केन्द्र ४६
जनता समाजबादी १६
नेकपा एस १५
राष्ट्रिय जनमोर्चा १
कार्यदलको बैठकमा माओबादीको तर्फबाट कार्यदलमा रहेका देब गुरुङले आफूहरुको प्रस्तावमा २ वा ४ सिट तलमाथि गर्न सकिए पनि कांग्रेसले भने ५० प्रतिशत अर्थात ८२ सिटभन्दा बढी दाबा गर्न नमिल्ने तर्क गरेका थिए ।
कार्यदलको बैठकमा सहभागी कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई एक सय सिटको हाराहारीमा सिट नदिने हो भने विद्रोह वा असन्तुष्टि व्यक्त हुन सक्ने भन्दै स्यानीय तहमा पार्टीले पाएको मतलाई ताजा जनादेशको रुपमा स्वीकार गर्नु पर्ने भनाई राखेका थिए ।
तर गुरुङले २०७४ को संसदीय निर्वाचनमा जितेको निर्वाचन क्षेत्रमा सम्वन्धित दलको सिट सुरक्षित गर्दै एमालेले जितेको निर्वाचन क्षेत्रमा मात्रै लोकप्रीयता र सम्भावनाको आधारमा सिट वाँडफाँट गर्नु पर्ने अडान राखेका थिए ।
स्रोतका अनुसार माओबादीले एमालेसँग गठबन्धन गर्दा ०७४ मा माओबादीले ४० प्रतिशत सिट दाबी गरेको थियो भने तीन दलले २० प्रतिशत अर्थात ३२ सिट दाबी गरेका छन् । जवकी माओबादी केन्द्रले गत स्थानीय तहको निर्वाचनमा जम्मा १३ प्रतिशत मात्र मत ल्याएको थियो ।
गठबन्धनभित्रका दलहरुलाई स्थानीय तहमा प्राप्त मतलाई सतप्रतिशत मान्दा कांग्रेससँग ६० प्रतिशत बढी, माओबादी केन्द्रसँग २३ प्रतिशत, जनता समाजबादखीसँग ८ दशमलव ९ प्रतिशत, नेकपा एसलाई ३ दशमलव ६६ प्रति जनमत थियो ।
सो जनमतलाई आधार मान्दा कांग्रेसले एक सय, माआबादी केन्द्रले ३८, जसपाले १५ र नेकपा एसले ११ सिट र राष्ट्रिय जनमोर्चाले १ सिटमा दाबी गर्नु स्वभाविक मानिन्छ । तर, माओबादी केन्द्र एक्लैले ६०, जसपाले २५, नेकपा एसले २५ र राजमोले ५ सिट दाबी गरेपछि कांग्रेसका नेताहरु गठबन्धनलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा सुक्ष्म अध्ययन गरिरहेका छन् ।
कांग्रेसका कतिपय नेताहरुले माआबादी र नेकपा एस कांग्रेससँगको सहकार्यबाट अलग्गिए र एमालेसँग आगामी चुनावमा सहकार्य गर्न गए पनि त्यो कार्यकर्ता स्तरबाटै अबज्ञा हुन सक्ने बताउँछन् ।

