

कोरोना भाइरसको नयाँ स्ट्रेन,पहिलेको भन्दा ७० प्रतिशतको गतिमा फैलिदै

काठमाडौँ – बेलायतसहित कैयौँ देशमा कोरोना भाइरसको नयाँ प्रकार (स्ट्रेन) फेला परेको छ। कोरोनाको नयाँ प्रकारका बारेमा अस्ट्रेलिया, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, इटाली र डेनमार्कले चिन्ता प्रकट गरेका छन् ।
बेलायतमा देखापरेको नयाँ प्रकार पहिलेको भन्दा ७० प्रतिशतको गतिमा फैलिएको छ। यसलाई बी.१.१.७ नाम दिइएको छ । दक्षिण अफ्रिकाका स्वास्थ्य अधिकारी एवं भाइरलोजिस्टले यसलाई ५०१ भी २ भएको बताएका छन् ।
क्याम्ब्रिज विश्वविद्यालयका भाइरलोजिस्ट रवि गुप्ताले सोमबारसम्म नयाँ प्रकारको भाइरसका ६ हजार संक्रमित फेला परेको बताएका छन् । तीमध्ये सबैभन्दा बढी बेलायत र डेनमार्कमा रहेको उनले जानकारी दिएका छन् ।
इटालीले पनि आफ्नो देशमा नयाँ प्रकारका संक्रमित फेला परेको जानकारी दिएको छ ।
नेपाल भारत जस्ता कुपोषण युक्त मुलुकमा नयाँ प्रकार खतरनाक हुने बताइएको छ । प्रतिरोधक क्षमता कमजोर भएका व्यक्तिमा नयाँ प्रकारले छिटै प्रभावित गर्ने र लामो समयसम्म प्रभावित गर्न सक्ने दाबी गरिएको छ । हाल सामान्य रूपमा स्वस्थ व्यक्तिमा कोरोना भाइरस दुईदेखि तीन सातासम्म रहने गरेको छ । कोरोनाको नयाँ प्रकार कुपोषणयुक्त व्यक्तिमा चार महिनासम्म रहन सक्छ ।
नेपालमा समेत तीन जनामा नयाँ प्रकारको संक्रमण पुष्टि भइसकेको छ ।
भाइरस उत्परिवर्तन ९म्यूटेशन० भएपछि भाइरसको नयाँ स्वरूप देखापरेको हो । भाइरस डीएनए आधारित र आरएनए ९राइबो न्यूक्लिक एसिड० आधारित हुन्छन् । सार्स सीओभी–२ आरएनए आधारित भाइरस हो । इन्फ्लुएन्जा, एचआईभी, डेंगु र कोभिड आरएनए आधारित भाइरस हुन् । यी भाइरसले प्रत्येक वर्ष आफ्नो स्वभाव बदल्छ ।
इन्फ्लुएन्जा भाइरसका लागि प्रत्येक वर्ष खोप लिनु आवश्यक हुन्छ । एचआईभी र डेंगुको हालसम्म खोप बन्न सकेको छैन । डेंगुको भाइस पनि परिवर्तन भइरहन्छ । कोभिड पनि यसै वर्गमा पर्छ । कोरोना भाइरसको एक वर्षमा पहिलो पटक ठूलो मात्रामा परिवर्तन देखिएको हो । –एजेन्सी

