देशभर थप ६५८ मा कोरोना पुष्टी, १ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप ६५८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६६४३ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर ४५६ जना कोरोनामुक्त भएका छन् भने १ जना संक्रमितले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर ३८ हजार १५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन ।

त्यस्तै अहिलेको अवस्थामा नेपालमा ४२९६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया