

जसपा नेपालको प्रवक्तामा मनिस कुमार सुमन

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा), नेपालले मनिस कुमार सुमनलाई पार्टीको प्रवक्ता तोकेको छ ।
जसपा, नेपालको अन्तरिम विधान २०७७ को १९(२ घ) अनुसार उनलाई उक्त जिम्मेवारी दिइएको जसपाले जनाएको छ ।
पार्टी प्रवक्ताको रुपमा सुमनले देश र जनताको सर्वोतम हितका साथै पार्टीको नीति, सिद्धान्त, विचार र उदेश्य प्राप्तिका लागि अझ बढी प्रभावकारी रुपमा भूमिका खेल्ने विश्वास जसपाले व्यक्त गरेको छ ।

