पदाधिकारी टुंगो लगाउन बस्दै माओवादी केन्द्रको बैठक


काठमाडौं- नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । बैठकले पदाधिकारीको टुंगो लगाउने बताइएको छ। हिजो बसेको बैठकले पदाधिकारी छनोट गर्ने बताइए पनि सो विषय यथावत रहेपछि आज पुनः बैठक बस्न लागेको हो ।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार आज दिउँसो १ बजे बैठक बस्ने छ। पदाधिकारीको संख्यालगायत विषय बैठकले टुंगो लगाउने उनले बताए।

माओवादीले महाधिवेशन सकिएको लामो समयसम्म पार्टीले पदाधिकारी चुन्न सकेको छैन। पदाधिकारीको विषय अहिले भने अन्तिम चरणमा पुगेको नेताहरु बताउँछन् । महासचिव को हुने भन्ने विषय अझै अर्णीत छ। महासचिव कसलाई बनाउने भन्ने विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्णय लिन सकेका छैनन्।

प्रतिक्रिया