
तपाइँहरू फौजको रुपमा प्रस्तुत हुनहोस्: अध्यक्ष प्रचण्ड
काठमाडौं – नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भ्रातृ संगठन वाईसीएललाई फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।
काठमाडौंमा शुक्रबार योङ कम्युनिष्ट लीग (वाईसीएल)को दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले वाईसीएल शान्तिपूर्ण आन्दोलनमा फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।
देशको राजनीतिलाई सही दिशासमा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै उनले यसमा लाग्न पनि निर्देशन दिए ।
क्रान्ति नदोहोरिने भएकाले परिमार्जित र विकसित रुपमा संघर्ष गर्नुपर्ने भन्दै उनले अझै पनि शोषण र उत्पीडन अन्त्यका लागि काम गर्नुपर्ने अवस्था रहेको बताए ।



कागजपत्र |
