आज माओवादीको कमिटीलाई पूर्णता दिने तयारी, महासचिवमा देव गुरुङ!


काठमाडौं- नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ। बिहीबार बस्ने भनिए पनि पटक–पटक सर्दै स्थगित भएको बैठक आज बस्न लागेको हो।

बैठकबाट पदाधिकारीलाई अन्तिम रूप दिने माओवादीले जनाएको छ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ । बैठक साढे ८ बजे बस्नेछ।

आज पार्टीको अपूर्ण कमिटीहरुलाई पूर्णता दिने भएको छ। यसका लागि करिब–करिब पार्टीमा सहमति भइसकेको माओवादी केन्द्रले जनाएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो।

केन्द्रीय कमिटी, पोलिटव्यूरो, स्थायी कमिटी र पदाधीकारी आज बस्ने पार्टी स्थायी कमिटी बैठकले टुङ्गो लगाउने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन्।

महासचिवको दाबी गरिरहेका जनार्दन शर्मा र वर्षमान पुनलाई उपमहासचिव बनाएर देव गुरुङलाई महासचिव बनाउने तयारी छ।

 

 

प्रतिक्रिया