

सिट बाँडफाँट टुंग्याउन बालुवाटारमा गठबन्धनको बैठक जारी

काठमाडौं – आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सिट बाँडफाटको विषय टुंग्याउन सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटरामा सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा संसदबाट बिहीबार नै पारित गरेर पठाउन लागिएको नागरिकता विधेयक, प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचन, गठबन्धन दलबीच सिट बाँडफाँडलगायत विषयमा बैठक केन्द्रित हुने बताइएको छ।
सिट बाँडफाँड कार्यदलमा भएको प्रगति विवरण पनि बैठकमा पेश गर्ने एक नेताले जानकारी दिए।
साउन २० गते गठन भएको कार्यदलले सिट बाँडफाँडको ठोस खाका तयार गर्न नसकेपछि गठबन्धन दलका शीर्ष नेताहरु नै छलफलमा जुटेका हुन्।

