एनआरएनए राष्ट्रिय कराते च्याम्पियनसिप भदौ तेस्रो साता


काठमाडौं – एनआरएनए स्पोट्र्स एकेडेमीको आयोजनामा पहिलो संस्करणको एनआरएन राष्ट्रिय कराँते च्याम्पियनसिप भदौ अन्तिम साता आयोजना हुने भएको छ ।

आयोजकले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै सातदोबाटोस्थित कराँते हलमा प्रतियोगिता भदौ २४ र २५ गते आयोजना हुने जनाएको हो । दुई दिने प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी, ७५ केजी, ४ केजी र ८४ केजी माथिको तौल समूहमा प्रतिष्पर्धा हुने पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

यस्तै महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी, ६ केजी र ६८ केजी भन्दा माथिको तौल समूह प्रतिष्पर्धा हुनेछ । त्यस्तै महिला तथा पुरुष एकल काता, टिम काता र टिम कुमुतेमा समेत प्रतिष्पर्धा हुनेछ ।

नेपाल ईन्भेष्टमेण्ट बैंक, हिमालयन बैंक र मेघा बैंक लगायतका निकायहरुको आर्थिक सहयोगमा आयोजना हुन लागेको प्रतियोगितामा विभिन्न सात प्रदेश, विभागीय टोली त्रिभूवन आर्मी क्लब, नेपाली प्रहरी, नेपाल एपिएफ र एनआरएनसहित ११ टोलीले सहभागिता जनाउँदै छन् । प्रतियोगितामा कुल ३ सय १० खेलाडीहरूले प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगितामा प्रत्येक तौल समूहमा पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५/५ हार रुपैयाँ पाउनेछन् भने महिला तथा पुरुषतर्फ सर्वश्रेष्ठ खेलाडी घोषित गरी पुरस्कार प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया