दार्चुलामा जीप दुर्घटना हुँदा ५ को मृत्यु, ८ घाइते


दार्चुला — दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका वा.नं ६ उल्लानीमा जिप दुर्घटना भएको छ ।

गोकुलेश्वरबाट दार्चुला जाँदै गरेको से १ ज ५५१ जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

वडाध्यक्ष जगदीश सिंह धामीका अनुसार उक्त जिपमा सवार १ महिला र ४ पुरुषको मृत्यु भएको छ । त्यस्तै चालकसहित ८ जना घाइते भएको पनि वडाध्यक्ष धामीले बताए ।

घटनास्थलमा उद्धारकार्य जारी रहेको पनि उनले बताए ।

प्रतिक्रिया