


कांग्रेस महामन्त्री विश्वप्रकाश भन्छन्, ‘प्रेम उता घरजम यता कुरै हुन्न’

काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा आफू झापाबाटै चुनाव लड्ने बताएका छन्।
बुधबार बिहान ट्विट गर्दै शर्माले काठमाडौं— ५ मा चुनाव लड्ने चर्चा भए पनि आफ्नो प्रेम झापासँगै भएकाले उतैबाट आगामी संसदीय चुनाव लड्ने बताएका हुन्।
शर्माले लेखेका छन्— फेरि प्रस्ट्याउँ, बागमतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो। तर मान्छे म मेची र निन्दा किनारकै हो ’ काठमाडौ–५ मा चुनाव प्रचारमा पुग्नेछु नै। तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु। प्रेम उता घरजम यता कुरै हुन्न’
शर्मा यसअघिको प्रतिनिधि सभा निर्वाचन २०७४ मा झापा क्षेत्र नम्बर—१ मा नेकपा माओवादीका नेता राम कार्कीसँग २८६३ मतले पराजित भएका थिए । त्यसबेला नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर वाम गठबन्धन गरेर चुनाव लडेका थिए।

