
युद्ध पीडितहरूले काठमाडौंमा प्रदर्शन गर्दै
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हालै ल्याएको संक्रमणकालीन न्यायसम्बन्धी बिद्येयकमा मानवअधिकार आयोगले समेत आपत्ति जनाईरहेको बेला सशस्त्र युद्ध पीडित समुदायले अपरान्ह काठमाडौंमा प्रर्दशन गर्न लागेका हुन् ।
‘मानवअधिकार उल्लंघन’र ‘गम्भीर मानवअधिकार उल्लंघन’ को परिभाषा र वर्गीकरण मानवअधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुन अनुरूप नभएको, मानवताविरुद्धको अपराध, युद्ध अपराध, सशस्त्र व्यक्ति, नि:शस्त्र व्यक्ति, बालसेना र जबर्जस्ती करणीको अन्तर्राष्ट्रिय मानवीय कानुन अनुकूल पारिभाषा हुनुपर्नेलगायत माग राखेर युद्ध पीडितहरूले बिद्येयकमा पुनर्बिचार गर्नुपर्ने माग राख्दै आएका छन् ।



कागजपत्र |
