आफ्नो नेतृत्वमा पार्टी गठन गरेपछि भट्टराईले बढाए राजनीतिक भेटवार्ता


काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले भेटवार्ता गरेका छन् । उक्त भेटमा माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठ समेत सहभागी रहेका थिए ।

बिहीबार बिहान हात्ती वनस्थित एक घरमा तीन नेताबीच करिव एक घण्टा भेटवार्ता भएको बाबुराम निकट एक नेताले बताए ।

‘बिहान सवा ९ बजेदेखि सवा १० सम्म भेट भएको हो । भेटवार्तामा चुनावी तालमेलका र पार्टी एकताबारे छलफल भएको छ’, ती नेताको भनाइ छ । उपेन्द्र यादव नेतृत्वको जसपाबाट छुटिएर नेसपा बनाएका भट्टराई पाँच दलीय गठबन्धनमा आबद्ध हुन लागि परेका छन्।

डा. भट्टराईले औपचारिक रूपमा आफ्नो नेतृत्वमा पार्टी गठन गरेपछि राजनीतिक भेटवार्ता अघि बढाएका हुन् ।

यसअघि प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत प्रमुख राजनीतिक दलका नेताहरूलाई भेट्ने डा. भट्टराई निकट नेपसा नेता विश्वदीप पाण्डेले बताएका छन् । ।

प्रतिक्रिया