ट्रकको ठक्करबाट युवकको मृत्यु


काठमाडौं- चितवनमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका २९ जुगेडीमा हिजो बेलुकी ट्रकको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको हो ।

अन्दाजी २४ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृतकको सनाखत हुन बाँकी छ । भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले हिजो बेलुकी सवा ८ बजे पैदल हिँडिरहेका उनलाई ठक्कर दिएको हो । ट्रकसहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया