बनेपाकी उपमेयर सापकोटाको ‘हर्कत’प्रति गठबन्धनको आपत्ति (विज्ञप्तिसहित)


काभ्रे – नगरपालिका उपप्रमुखको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै बनेपा नगरस्तरीय गठबन्धनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काभ्रेको बनेपा नगरपालिकाकी उपपमुख विमला सापकोटाले गत साउन २३ गते नगरप्रमुखको कार्यकक्षमै अमर्यादित व्यवहार प्रस्तुत गर्दै चिठी–पत्र च्यात्दै अस्वाभाविक हर्कत देखाएकोले सो घटनाप्रति ध्यानकर्षण भएको जनाएको हो ।

नगरस्तरीय गठबन्धनका तर्फबाट कांगेस सभापति महेशकुमार कर्माचार्य, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष सुरज केसी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष रघुवर चौ प्रधान, राष्ट्रिय जनमोर्चाका सुवर्ण विक्रम थापा र नेपाल समाजवादी पार्टीका अध्यक्ष श्यामप्रसाद सेवाचार्यले संयुक्त वक्तव्य प्रकाशित गर्दै उपप्रमुख सापकोटाको अमर्यादित कार्यको भत्र्सना गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘विधि, प्रक्रिया, कार्यविधि र अधिकार क्षेत्रका बारेमा बहस र छलफल गराउनुपर्ने व्यक्तिबाट नै गुण्डागर्दी शैली प्रदर्शित हुनु अशोभनीय भएको हाम्रो ठहर छ । विगतको नगरको नेतृत्वबाट कतिपय अनावश्यक कर्मचारी राखेर आर्थिक बोध थपेकोले परिणामुखी कामको प्रत्याभूति नभएसम्म करार अवधि थप नगर्न र बनेपा नगरपालिकाको फोहोर व्यवस्थाप, एकीकृत खानेपानी सञ्चालन गर्न केन्द्रीत हुन नगर प्रमुखले गरेको आग्रहलाई लत्याउँदै स्थानीय सरकारको जिम्मेवारी र दायित्वबाट पछाडि धकेल्ने प्रपञ्च किमार्थ उचित नभएकोले यस्तो क्रियाकलापबाट पछाडि हटेर एकता, सहमति र सहकार्यमा जुट्न संयुक्त गठबन्धन आग्रह गर्न चहान्छ ।’

जिम्मेवार तहमा बसेको व्यक्तिको यस किसिमको हर्कतले स्थानीय सरकार र संघीय संरचना नै धरापमा पर्ने जनाउँदै यस्ता कार्य दोहोरिन नहुने पनि गठबन्धनले जनाएको छ ।

विज्ञप्तिः

 

प्रतिक्रिया