प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि एमाले १० औं नम्बरमा दर्ता


काठमाडौं – नेकपा एमालेले आसन्न प्रतिनिधि र प्रदेश सभा चुनावका लागि दल दर्ता गराएको छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाल लगायतका नेताले निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेका हुन् ।

निर्वाचन आयोगले साउन २२ गते देखी निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरे संगै निर्वाचनमा सहभागी हुने दलहरुको दर्ता गरिरहेको छ । यस अघि ९ बटा दलले आयोगमा दर्ता गराइ सकेको छ । नेकपा एमाले १० औं नम्बरमा दर्ता भएको हो । ४ मंसिरमा हुने चुनावका लागि अहिले निर्वाचन आयोगले साउन ३१ सम्म दल दर्ता गरिसक्न भनेको छ ।

प्रतिक्रिया