

हरिणको आक्रमणमा परी वृद्धाको मृत्यु

महोत्तरी – बर्दिबास नगरपालिकामा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ।
बर्दिबास नगरपालिका–८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्माको मृत्यु भएको हो।
प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सोमबार साँझ घर नजिकैको जंगलमा रहेको बाँसको झ्याङमा बस्न आएको हरिणले आक्रमण गर्दा उनको मृत्यु भएको हो।

