


चुनावी माहोल बनाउन दाङ पूगे महरा

काठमाडौ – आगामी मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा दाङ पूगेका छन् ।
दाङकाे क्षेत्र नम्बर दुईको चुनावी क्षेत्रमा केन्द्रीत भएका महरा अवलोकन गर्न गत साउन १९ गते महरा दाङ पूगेका हुन् । दाङ पुगेपछि महरा आफ्नो क्षेत्रका जनतासँग भेटघाट, छलफल गर्नुका साथै विकास निर्माण अवस्थाका विषयमा अवलोकन गरेका छन् ।
यसैबीच महरासँग एमाले महासचिव शंकर पोखरेल चुनाव लड्ने भएपछि उनलाई थप चुनौती बनेको छ ।केही वर्षअघि यौन दुराचारको आरोप लागेपछि सफाइ पाएपनि महरा राजनीतिक रुपमा उठ्न सकेका छैनन् । त्यसैले महरा दाङको चुनावी क्षेत्रबाट निर्वाचित हुनेगरी माहोल बनाउन आफ्नो क्षेत्र पुगेका हुन् ।

