
कांग्रेस उपसभापति खड्कालाई कोरोना
काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ। खड्का शनिबारदेखि बिरामी थिए। आइतबार कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको उनी आफैँले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
उनलाई ज्वरो आएपछि कोरोना परीक्षण गरिएको थियो। खड्काका स्वकीय सचिव गौतम विसीकाअनुसार आइतबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ।



कागजपत्र |
