दलका केन्द्रीय सदस्य र पदाधिकारीको सम्पत्ति विवरण बुझाउन निर्देशन


काठमाडौं- निर्वाचन आयोगले केन्द्रीय सदस्य र पदाधिकारीको सम्पत्ति विवरण बुझाउन राजनीतिक दललाई निर्देशन दिएको छ।

आयोगको बैठकले १५ दिनभित्र केन्द्रीय सदस्य र पदाधिकारीको सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको हो। आयोगमा दर्ता रहेका सबै दललाई निर्देशन दिएको आयोगले जनाएको छ।

अहिले आयोगमा ११६ दल दर्ता छन्। अधिकांश दलले केन्द्रीय सदस्य र पदाधिकारीको सम्पत्ति विवरण बुझाएका छैनन्। कतिपय दलले महाधिवेशन भए नभएको पनि जानकारी दिएका छैनन्।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएको ६० दिनभित्र सम्पत्ति विवरण केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेको छ। त्यसलाई राजनीतिक दलले सार्वजनिक गर्नुपर्छ।

अहिले आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। आजदेखि साउन ३१ गतेसम्म दल दर्ताको समय तोकिएको छ।

प्रतिक्रिया