बाबुरामको नयाँ दलले विचार र मुद्दा मिल्नेसँग चुनावमा तालमेल गर्ने


काठमाडौँ- डा. बाबुराम भट्टराईको नेतृत्वमा खुलेको नयाँ दल नेपाल समाजवादी पार्टीले आगामी आम निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिसँग तालमेल र एकता गर्ने निर्णय गरेको छ।

पार्टीको शनिबार राजधानीमा बसेको पहिलो केन्द्रीय समितिको बैठकले आवश्यक्ता अनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुवीकरण र एकतासम्म गर्नसक्ने निर्णय गरेको छ।

राजनीतिक, सांगठनिक लगायतका केही निर्णय गर्दै उत्साहपूर्ण रुपमा पहिलो बैठक सकिएको पार्टीले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ।

‘विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिहरूसँग आवश्यकता अनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुवीकरण र एकतासम्म गर्नसक्ने निर्णय पनि गरेको छ,’ पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

पहिलो बैठकबाट पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई र महिन्द्र राय यादव चयन गरिएको छ। त्यस्तै सहध्यक्षमा गंगानारायण श्रेष्ठ, उपाध्यक्षमा हिसिला यमि, भक्तबहादुर शाह, दुर्गा सोव र महासचिवमा रमेशप्रसाद यादवलाई निर्वाचित भएका छन्।

त्यस्तै, ९ जना केन्द्रीय कार्यकारिणी सदस्यलाई प्रदेश इन्चार्ज समेत तोकेको छ।

 

प्रतिक्रिया