काँग्रेस केन्द्रीय समिति बैठक बस्दै


काठमाडौं – काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ। बैठक आज दिउँसो पार्टी कार्यालय सानेपामा बस्ने बताइएको छ ।  यसअघि पुस २७ गतेका लागि बोलाइएको बैठक आजको लागि बोलाइएका हो । 

सरकारले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि आन्दोलनका रणनीतिको लागि कांग्रेसले केन्द्रीय समिति बैठक शुरु गरेको हो । कांग्रेसले प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै आइरहेको छ । आजको बैठकमा आगामी रणनीतिको विषयमा छलफल हुने बताइएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले यस विषय सर्वोच्चमा विचाराधीन अवस्थामा रहेकोले बोल्न नमिल्ने बताउँदै आइरहेका छन् । 

प्रतिक्रिया