९ सदस्यीय कार्यदल गठन गर्दै निर्वाचनमा मिलेर जान गठबन्धन सहमत


काठमाडौं – सत्तारुढ पाँचदलीय गठबन्धन घोषित ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा मिलेर जान सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा तालेमल गरेर जाने सहमति भएको हो ।

स्रोतका अनुसार सिट बाँडफाँटको गृहकार्य गर्न ९ सदस्यीय कार्यदलसमेत गठन भएको छ ।

तर बैठक जारी रहेकोले कार्यदलमा को–को रहेका छन् भन्ने खुलिसकेको छैन ।

प्रतिक्रिया