बाबुरामले बोलाए समाजवादी पार्टीको बैठक


काठमाडौं – डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको बैठक साउन २१ गते (शनिबार) बस्दै छ ।

बैठकमा सङ्गठन निर्माण, केन्द्रीय समिति पुनर्गठन, नेता तथा कार्यकर्ताहरूको कार्यविभाजन लगायत विषयमा छलफल हुने छ ।

साथै बैठकमा आगामी निर्वाचनको रणनीतिबारे निर्णय हुने सो पार्टीका नेता विश्वदीप पाण्डेले बताए ।

प्रतिक्रिया