

सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँटबारे छलफल हुने

काठमाडौं – सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाइएको छ । अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।
सरकारले बिहीबार चुनावको मिति घोषणा गरेपछि गठबन्धनको बैठक बस्न लागेको हो । गठबन्धनको बैठकमा आगामी निर्वाचनमा सिट बाँडफाँटका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

