निर्वाचनकाे मिति घाेषणाकाे कांग्रेस केन्द्रिय सदस्य पौडेलद्वारा स्वागत


काठमाडाैं – सरकारले मंसिर ४ गते सम्पन्न गर्ने गरी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति घोषणाको नेपाली कांग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेलले स्वागत गरेका छन् ।

उनी भन्छन्, ‘नेपाली कांग्रेस नेत्तृत्वको गठबन्धन सरकारको यस घोषणालाई सहृदय स्वागत । यस घोषणाले विधि र पद्धतिमा विश्वास राख्ने लोकतन्त्र पक्षधर सबैलाई थप बलियो बनाएको छ ।’

निर्वाचनले देशको नेतृत्व गर्ने कुशल र सक्षम नेतृत्व छनोट गर्न पाउने सुन्दर अवसर भन्दै सरकारले शान्तिपूर्ण वातावरणमा निर्वाचनको कार्यभार पूरा गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया